राष्ट्रिय जनमोर्चाको निर्णयः प्रतिगमन विरुद्ध तालमेल, राप्रपा र रास्वपासँग असहकार्य


काठमाडौ । राष्ट्रिय जनमोर्चाले प्रतिगमनको खतरा बढ्दै गएको निष्कर्ष निकाल्दै समान विचार भएका राजनीतिक दलहरूसँग कार्यगत एकता वा तालमेल गर्ने निर्णय गरेको छ।
बुटवलमा सम्पन्न केन्द्रीय बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो। जनमोर्चाले केन्द्रीय तहमा समझदारी भएपछि मात्र जिल्लास्तरमा तालमेल गर्न सकिने जनाएको छ।
तर, राजावादी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै पनि किसिमको सहकार्य नगर्ने स्पष्ट पारेको छ। जेनजी आन्दोलनका क्रममा बुटवलसहित विभिन्न स्थानमा पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको भन्दै जनमोर्चाले निष्पक्ष छानबिनको माग गरेको छ।
राष्ट्रपतिबाट अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउन कार्यादेश दिइएकाले जनमोर्चाले त्यसअनुसार आफ्नो योजना बनाउने र आगामी केन्द्रीय कमिटी बैठकले ठोस निर्णय गर्ने जनाएको छ।