नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । इच्छाकामना गाउँपालिका–५ अन्तर्गत तुइनखोलामा ठूलो सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ।
मंगलबार दिउँसो खसेको भीषण पहिरोका कारण सडक भासिने उच्च जोखिम उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो यति ठूलो छ कि तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन। निरन्तर सुख्खा पहिरो खसिरहेकाले पहिरो हटाउने काम समेत सुरु गर्न कठिन भइरहेको बताइएको छ ।
पहिरो खसिरहँदा सडकमा सवारी साधन सञ्चालन गर्नु जोखिमपूर्ण भएकाले प्रहरी र स्थानीय प्रशासनले सवारीसाधनलाई फर्काएर वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।
सडक खोल्न कति दिन लाग्ने हो भन्ने यकिन भन्न नसकिने स्थिति रहेको जनाइएको छ। जोखिमको मूल्याङ्कन पछि मात्र सडक खुलाउने प्रक्रिया सुरु गरिनेछ।













