सुनचाँदी बजारमा गिरावट, तोलामा ११ हजारले घट्यो सुन
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेको हो।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँ तोकेको छ। अघिल्लो कारोबार दिन भने सुन ३ लाख २८ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। एकैदिनमा भएको ठूलो गिरावटले बजारमा चर्चा चुलिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २७५ रुपैयाँले ओरालो लाग्दै ५ हजार ५४० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र विनिमय दरमा भएको परिवर्तनका कारण स्थानीय बजारमा मूल्य घटबढ हुने गर्दछ।
पछिल्लो गिरावटले खरिदकर्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ भने लगानीकर्ताहरू भने बजारको आगामी दिशा नियालेर बसेका छन्।












