प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी सम्पूर्णरूपमा पूरा भएको गृहमन्त्रालयको भनाई

User Image Prime TV News ३ घण्टा अगाडि
Image of प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी सम्पूर्णरूपमा पूरा भएको गृहमन्त्रालयको भनाई

काठमाडौ । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी सम्पूर्णरूपमा पूरा भएको गृहमन्त्रालयले जनाएको छ । 

जनाएको छ। बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत व्यवस्थापकीय कामहरू अन्तिम रूप दिन सफल भएको गृह मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका उच्च अधिकारी तथा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहभागी रहेको बैठक करिब तीन घण्टा चलेको थियो। मन्त्रालयका अनुसार बैठकमा सबै जिल्लाबाट मतदान सामग्री मतदान स्थलसम्म पुगेको, सुरक्षा संयन्त्र तयार भएको र कर्मचारी व्यवस्थापन पूरा भएको बताईएको छ । यस क्रममा देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र कुनै अप्ठ्यारो स्थिति नदेखिएको पनि बैठकले जनाएको छ।

बैठकमा निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता, संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थापन र सम्भावित चुनौतीको सामना गर्न रणनीति तय गर्ने विषयमा छलफल भएको थियो। गृहसचिव श्रेष्ठले निर्वाचनको सुरक्षालाई अझ प्रभावकारी बनाउने निर्देशन प्रमुख जिल्ला अधिकारीहरूलाई दिएका छन्।

मन्त्रालयले शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्न सबै आवश्यक तयारी पूरा भइसकेको भन्दै नागरिकलाई निर्वाचनमा निर्धक्क भएर भाग लिन आह्वान गरेको छ।