कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडाै । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै आन्दोलनरत नेपाल शिक्षक महासंघले कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले आज सानेपास्थीत कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरुले कांग्रेस पार्टी कार्यालयमा विहान ११ वजे देखि १ वजे सम्म धर्ना दिएका थिए ।  विधेयकमा उल्लेख धेरै बिषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले त्यसलाई सच्चाउनका लागि ध्यानाकर्षण गराउन पार्टीका कार्यालयमा धर्ना दिइएको महासंघले जनाएको छ ।

विधेयकका केहि बिषय निकै राम्रो रहेको र केहि बिषय छुटेकाले त्यसलाई सम्बोधन हुने विश्वास लिएको महासंघको भनाई छ । महासंघले भाेली नेकपा एमालेकाो पार्टी कार्यालय र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।