रास्वपाले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि सरकारलाई सहयोग गर्ने


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने जनाएको छ ।
मंगलबार पार्टी कार्यालय बनस्थलीमा पत्रकारसंगको छलफलमा रास्वपा प्रवक्ता मनिष झाले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका घटनामा रास्वपाका नेताहरुलाई समेत मुछ्ने काम भएको भन्दै घटनाको छानविनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने बताए ।
प्रवक्ता झाले भाद्र २३ गते भएको जेनजी आन्दोलनमा रास्वपा नेता कार्यकर्ताहरुको सहभागीता तुलनात्मक रुपमा सवैभन्दा बढि रहेको उल्लेख गर्दै भाद्र २४ गते भएको तोडफोड तथा आगजनीका घटनामा भने रास्वपा नेता कार्यकर्ताहरुको कुनै सहभागीता नरहेको दावी गरे ।
त्यस्तै उनले आन्दोलनका क्रममा नख्खु कारागारमा समेत आगजनी हुने सम्भावना देखेपछि आफु त्यहाँ पुगेको तर आन्दोलनकारीको अगुवाका रुपमा सहभागी भएको भन्ने कुरामा सत्यता नरहेको बताए ।
उनले रवि लामिछानको सुरक्षाको जिम्मा लिन कारागारले भनेपछि आफुहरुले जिम्मा लिएको जिकिर गर्दै प्रवक्ता झाले सुमना श्रेष्ठ लगाएतका नेताले पार्टी छाडेको प्रति समिक्षा गरेको बताए ।