सुरक्षा कारणले साउदी अरब छाडेर मड्रिड पुगे रोनाल्डो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले बढ्दो सुरक्षा जोखिमका कारण साउदी अरब छोडेर स्पेनको मड्रिड पुगेका छन्।
रियादस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमणपछि र अमेरिका–इरानबीचको द्वन्द्व चर्किएको अवस्थामा रोनाल्डोले आफ्नो सुरक्षा सुनिश्चित गर्न निजी विमानमार्फत राति नै मड्रिडको यात्रा गरेका हुन्।
रोनाल्डोको निजी विमान मार्फत करिब ६१ मिलियन पाउण्ड मूल्यको, १५ जना बस्न मिल्ने सुविधा सहितको बेडरुम, शावर र 'CR7' ब्रान्ड लोगो राखेर उडाइएको थियो। उनीसँगै उनकी प्रेमिका जर्जिना रोड्रिगेज र पाँच सन्तान पनि यात्रा गरेका थिए।
साउदी अरबमा बढ्दो असुरक्षा र फुटबल गतिविधि स्थगित भएपछि रोनाल्डोको यात्रा सजिलो भएको थियो। हाल उनी खुट्टाको मांसपेशी चोटका कारण खेल मैदान बाहिर छन्। एसियन च्याम्पियन्स लिगका आगामी खेलहरू पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
साउदी र दुबईमा रहेका अन्य विदेशी नागरिकहरू पनि आफ्नो देश फर्कन सल्लाह पाएका छन्, जसले क्षेत्रको असुरक्षालाई झन् उजागर गरेको छ।













