आशिका तामाङले भनिन्ः उम्मेदवारी कायमै छ

User Image Prime TV News २ घण्टा अगाडि
Image of आशिका तामाङले भनिन्ः उम्मेदवारी कायमै छ

काठमाडौ । धादिङ क्षेत्र नम्बर १ कि उम्मेद्वार आशिका तामाङले निर्वाचनको अन्तिम चरणमा आफ्नो उम्मेदवारी खारेज भएको भ्रामक समाचारप्रति ध्यानाकर्षण गराउँदै आफ्नो उम्मेदवारी कायमै रहेको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक पत्रमा केही मिडिया हाउसहरूले फैलाएको समाचारमा कुनै सत्यता नरहेको बताएकी हुन् । आसिकाले भनिन्, उनलाई बारम्बार 'विदेशी' भनेर आरोप लगाइएको भए पनि त्यो निराधार भएको उल्लेख गरेकी छन् । साथै उनले नेपालको पूर्ण नागरिक भएकाले भोट हाल्ने र उम्मेदवार बन्ने अधिकार रहेको बताएकी छिन् । 

उनले भनिन्, “अन्तिम समयमा मलाई कमजोर बनाउन रचिएको यो षड्यन्त्र विरुद्ध मैले कानुनी उपचार खोजिसकेको छु। म तपाईँहरूकै छोरी-चेली र उम्मेदवार हुँ। त्यसैले कुनै भ्रममा नपरी ढुक्क भएर मतदान गर्नुहोला।”