अमेरिकी कर्मचारीलाई पाकिस्तान र मध्यपूर्व छोड्न आदेश

User Image Prime TV News एक घण्टा अगाडि
Image of अमेरिकी कर्मचारीलाई पाकिस्तान र मध्यपूर्व छोड्न आदेश

काठमाडौ । संयुक्त राज्य अमेरिकाले पाकिस्तानस्थित अमेरिकी दूतावास र वाणिज्य दूतावासका कर्मचारी तथा उनका परिवारलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिएको छ।

लाहोर र कराचीस्थित कर्मचारीहरूलाई पनि सुरक्षित बाहिर जान निर्देशन दिइएको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले साउदी अरब, ओमान र साइप्रसमा रहेका कर्मचारी र परिवारलाई मिशन छोड्न अनुमति दिएको थियो।

मध्यपूर्वबाट फर्कन चाहने अमेरिकी नागरिकहरूको लागि आवश्यक सहयोगको व्यवस्था गरिएको छ। पछिल्लो केही दिनमा ९,००० भन्दा बढी नागरिक सुरक्षित रूपमा फर्किसकेका छन्, जसमा इजरायलबाट फर्किनेहरू ३०० भन्दा बढी छन्।

जेनेभामा इरानसँग आणविक सम्झौताको छलफलपछि अमेरिका र इजरायलले तेहरानमा हवाई आक्रमण गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका छन्। इरानले जवाफी आक्रमण सुरु गरेको छ भने अमेरिकी दूतावासमा पनि आक्रमण भएको बताइएको छ।