प्रतिनिधि सभा निर्वाचनका लागि आयोगद्वारा सम्पूर्ण तयारी पूरा
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रहरूमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका लगायतका आवश्यक सामग्री सुरक्षित रूपमा पुर्याइसकेको बताए। भण्डारीका अनुसार मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ र मतदान केन्द्रहरू लैंगिक तथा अपाङ्गमैत्री बनाइएका छन्।
आयोगले मतदानलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन पूर्ण तयारी गरेको र मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेको छ। आयोगले मतदातालाई यो प्रक्रिया केवल प्रतिनिधि छान्ने नभई कानून निर्माण र राज्य सञ्चालनमा प्रत्यक्ष योगदान दिने ऐतिहासिक अवसर भएको बताएका छन्।
उनले २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पारेका छन् ।













