जावलाखेलको मतदान केन्द्रलाई महिलामैत्री बनाईयो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरको क्षेत्र नम्बर ३ स्थीत जावलाखेलको मतदान केन्द्रलाई महिलामैत्री बनाइएको छ ।
ललितपुर महानगर वडा नंवर ४ को जावलाखेलस्थीत मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिला रहेका छन् । त्यस्तै सुरक्षाकर्मी समेत महिलाहरु नै रहेको निर्वाचन अधिकारी उपसचिव नमुना कार्की दाहालले जानकारी दिए ।
जावलाखेलस्थीत मतदान स्थलमा रहेको ६ वटै मतदान केन्द्रमा सवै महिला कर्मचारीहरुले नै व्यवस्थापन गरिरहेको उनले बताए । उनले बिहीबार हुने निर्वाचनका लागि सवै तयारी पुरा भएको र अन्य आवश्यक समन्वय समेत भइरहेको उल्लेख गरे । बिहीबार पाँच बजेसम्म शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्ने उदेश्यका साथ आफुहरुलाई लागिपरेको उनको भनाइ छ ।
महिलामैत्री मतदानस्थलमा कुनै चूनौति नदेखिएको र अनुकुल रुपमा नै तयारी भइरहेको बताए ।













