देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु, बेलुका ५ बजेसम्म मतदान हुने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। मतदानको समय बेलुका ५ बजेसम्म तोकिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार सबै जिल्लास्थित मतदान केन्द्रमा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको छ। प्रारम्भिक चरणमा मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको आयोगको दाबी छ।
निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजारस्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरेकी छन्। त्यस्तै अर्का आयुक्त सगुनशमशेर जबराले काठमाडौंको धापासीस्थित केन्द्रबाट मतदान गरेका छन्।
मतदानका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको आयोगले जनाएको छ। मतदातालाई निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरिएको छ। बेलुका ५ बजेसम्म मतदान जारी रहनेछ।












