रास्वपाका सभापति लामिछानेले गरे मतदान
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका छन् । काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रमा पुगेर रविले बिहान सुरुमै मतदान गरेका हुन् ।
जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको हो । देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुँदैछ। मतदानका लागि मतदाता बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका छन् ।













