शाहरुख खान र विक्रान्त मेस्सीलाई राष्ट्रिय चलचित्र पुरस्कार


काठमाडाै । अभिनेता शाहरुख खानले चलचित्र जवानका लागि सर्वश्रेष्ठ अभिनेताको ७१औँ राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन्।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई सो पुरस्कार प्रदान गरेकी हुन्। शाहरुख खानसँगै अभिनेता विक्रान्त मेस्सीले पनि चलचित्र १२ वीं फेल का लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार प्राप्त गरेका छन्।
७१औँ राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको घोषणा गत अगस्ट महिनामा गरिएको थियो। सो अनुसार, मंगलबार नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित समारोहमा पुरस्कार वितरण गरिएको हो।
यी पुरस्कारहरू सन् २०२३ मा रिलिज भएका चलचित्रहरूका आधारमा प्रदान गरिएको हो।