प्रधानमन्त्री सुशीला कार्कीको आह्वान: भविष्यका लागि अनिवार्य मतदान गर्नुस्

User Image Prime TV News एक घण्टा अगाडि
Image of प्रधानमन्त्री सुशीला कार्कीको आह्वान: भविष्यका लागि अनिवार्य मतदान गर्नुस्

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा सम्पूर्ण नागरिकलाई आफ्नो मताधिकार अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेकी छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै उनले फागुन २१ लाई लोकतन्त्रको महत्वपूर्ण दिनका रूपमा उल्लेख गर्दै मतदान केन्द्रमा पुग्न आह्वान गरेकी हुन्। “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१। अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु,” उनले लेखेकी छन्।

प्रधानमन्त्री कार्कीले प्रत्येक मत राष्ट्रको भविष्य निर्धारणका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि नागरिकहरूले देखाएको संयम र समझदारीप्रति आभार व्यक्त गरेकी छन्।

देशभर बिहानदेखि मतदान जारी छ र बेलुका ५ बजेसम्म मतदान हुने व्यवस्था गरिएको छ। सरकारले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरेको जनाएको छ।