राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले गरे मतदान
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन् ।
बिहीबार बिहान ललितपुरको भैँसीपाटी मतदान केन्द्रमा पुगेर लाइमै बसेर मिश्रले मतदान गरेका हुन् । मिश्रको मतदाता नामावली ललितपुरमा छ । मिश्र राप्रपाबाट काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।













