बागमतीका १ हजार २८८ केन्द्रमा मतदान जारी, बिहान ८ बजेसम्म १० हजार ६०२ मत खस्यो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान जारी रहेको छ। काठमाडौँ उपत्यकाबाहेक प्रदेशका सबै मतदान केन्द्रबाट प्रारम्भिक मत खसेको विवरण प्राप्त भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बिहान ८ बजेसम्म उपत्यकाबाहेक बागमती प्रदेशका केन्द्रहरूमा १० हजार ६ सय २ मत खसेको छ। प्रारम्भिक विवरण क्रमशः संकलन भइरहेको जनाइएको छ।
बागमती प्रदेशभर कुल १ हजार २८८ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको प्रहरीले जनाएको छ।
देशभर एकैपटक मतदान भइरहेकाले प्रदेशका विभिन्न जिल्लामा मतदाताको सहभागिता बढ्दो क्रममा रहेको बताइएको छ। आयोगले मतदातालाई निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।













