प्रधानमन्त्री कार्कीले गरिन् मतदान
Prime TV News २ महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेकी छन्। उनले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकको सक्रिय सहभागिता अनिवार्य रहेको बताइन्। प्रत्येक मतले देशको दिशा तय गर्ने भएकाले सबै मतदातालाई जिम्मेवार रूपमा मतदान गर्न उनले आग्रह गरिन्।
देशभर बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको छ। निर्वाचन आयोगका अनुसार बेलुका ५ बजेसम्म मतदान हुनेछ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने विभिन्न मतदान केन्द्रमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ।







