जाजरकोटमा जारी मतदानमा हालसम्म १० हजार ३ सय ६६ मत खस्यो
Prime TV News २ घण्टा अगाडि 
जाजरकोट । जाजरकोटमा जारी मतदानमा हालसम्म १० हजार ३ सय ६६ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान सुरु भएयता उक्त संख्यामा मत खसेको जानकारी दिइएको हो।
कार्यालयका अनुसार हालसम्म ४ हजार ५ सय ७७ महिला र ५ हजार ७ सय ८९ पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। जिल्लामा कुल १ लाख ७ हजार ९१ मतदाता रहेका छन्। विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उपस्थितिसँगै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ भने मतदाताहरू शान्तिपूर्ण रूपमा लाइन बसेर मतदान गरिरहेका छन्। निर्वाचन कार्यालयले मतदान सम्पन्न नहुन्जेलसम्म शान्तिपूर्ण वातावरण कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ।













