देशभर मतदान जारी, बिहान साढे १० बजेसम्म ३८ लाख मत खस्यो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । देशभर जारी मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन आयोग का अनुसार बिहान साढे १० बजेसम्म देशभर करिब ३८ लाख मत खसेको छ।
देशभरका अधिकांश मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। केही स्थानमा सामान्य प्राविधिक वा व्यवस्थापनसम्बन्धी समस्या देखिए पनि अधिकांश केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ।
मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको लाइन देखिएको छ। मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ मतदान केन्द्र पुगेका छन्। आयोगले मतदानका लागि साँझ ५ बजेसम्म समय तोकेको छ। सो समयसम्म मतदान केन्द्रमा लाइनमा बसेका मतदातालाई भने मतदान गर्न दिइने व्यवस्था रहेको आयोगले जनाएको छ।













