निर्वाचन सुरक्षाको ‘मनिटरिङ’मा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख
Prime TV News २ महिना अगाडि 
काठमाडौ । देशभर जारी मतदानका क्रममा निर्वाचन सुरक्षाको अवस्थालाई निरन्तर अनुगमन गरिएको छ।
ओमप्रकाश अर्याल नेतृत्वमा उच्चस्तरीय टोलीले निर्वाचनको सुरक्षा व्यवस्थाको ‘मनिटरिङ’ गरिरहेको छ। गृहमन्त्री अर्याल, राजकुमार श्रेष्ठ, विभिन्न सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनको अवस्थाबारे निगरानी गरिरहेको बताइएको छ।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार उक्त टोली गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’मा बसेर देशभरका सबै निर्वाचन क्षेत्रको अवस्थाबारे निरन्तर अनुगमन (मनिटरिङ) गरिरहेको छ। देशभर बिहानदेखि नै मतदान जारी रहँदा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायहरूलाई सतर्क अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।







