दोलखामा विवादका कारण मालु मतदानस्थलमा मतदान रोकियो, हवाई फायर चलाइयो

User Image Prime TV News एक घण्टा अगाडि
Image of दोलखामा विवादका कारण मालु मतदानस्थलमा मतदान रोकियो, हवाई फायर चलाइयो

दोलखा । तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान स्थलमा विवाद हुँदा मतदान अस्थायी रूपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाका अनुसार निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि सुरक्षा सुनिश्चित गर्न हवाई फायर गरिएको थियो। विवाद बढेपछि मतदान कार्यक्रम केही समयका लागि स्थगित गरिएको थियो।

प्रहरी निरीक्षक तिमल्सिनाले भने, “भिड नियन्त्रणमा लिन मतदान रोकिएको हो। केही समयमा मतदान पुनः सुरु हुनेछ।” मतदान रोकिएलगत्तै उक्त स्थलमा सर्वदलीय बैठकको छलफल पनि सुरु गरिएको छ। प्रशासनले शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सुरक्षा कडा पारिएको बताइएको छ।