प्रतिनिधि सभा निर्वाचन: बिहानसम्म १० प्रतिशत मत खस्यो, मतदान सुस्त
Prime TV News २ महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभा सदस्य निर्वाचन बिहीबार बिहान ७ बजेबाट सुरु भए पनि बिहानसम्म मतदान सुस्त रहेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, बिहान ११ बजे सम्म देशभर १९ लाख २३ हजार ८२४ मत (१०.१८ प्रतिशत) खसेको छ। निर्वाचन आयोगले जनाएको छ कि देशभर प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन्।
यसमा पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन्। मतदान बेलुका ५ बजेसम्म चल्ने व्यवस्था गरिएको छ। प्रवक्ता भट्टराईले मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्न आह्वान गरेका छन्।







