मधेसको अनुभवले राजनीतिमा मेरो भूमिका अझ परिपक्व बनायोः गगन थापा

User Image Prime TV News एक घण्टा अगाडि
Image of मधेसको अनुभवले राजनीतिमा मेरो भूमिका अझ परिपक्व बनायोः गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार काठमाडौँको मैतीदेवी मन्दिर स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।

यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मधेसको अनुभवले आफ्नो राजनीतिक दृष्टिकोण फराकिलो र परिपक्व भएको बताएका छन् । थापाले भने, “काठमाडौँबाट लामो समय राजनीति गर्दा देशको बारेमा मेरो बुझाइ केही प्रतिशत मात्रै रहेछ। मधेसको अनुभवले म समाजको विविधता, संरचना र स्थानीय समस्यालाई नजिकबाट बुझ्न सफल भएँ। यसले राष्ट्रिय राजनीतिमा मेरो भूमिका अझ परिपक्व बनायो।”

उनले मधेस नगएको भए आफ्नो राजनीतिक बुझाइ अधुरो रहने बताए र थपे, “मधेसको अनुभव नगरेको भए आज मैले बुझेको कुरा मेरो राजनीतिक बुझाइको आधा पनि हुने थिएन।” थापाले आफूले प्रतिनिधित्व गर्ने अवसर पाएमा नीति निर्माण र निर्णय प्रक्रियामा सबै क्षेत्रलाई समान दृष्टिकोणले हेर्ने प्रतिबद्धता व्यक्त गरे।

बिहीबार देशभर प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन भइरहेको छ।