युद्धको बिच इजरायलमा बंकरभित्र विवाह

User Image Prime TV News २ महिना अगाडि
Image of युद्धको बिच इजरायलमा बंकरभित्र विवाह

काठमाडौ । इरानसँग जारी युद्धको बीच, इजरायलमा एक जोडीले भूमिगत बंकरमा विवाह गरेर जीवनको नयाँ सुरुवात गरेका छन्। मिसा नामका व्यक्तिले लियोरसँग तेल अवीवस्थित बम सेल्टरमा विवाह गरेका हुन्।

विवाह सुरुमा पेटाह टिक्वामा आयोजना हुने तय गरिएको थियो, तर युद्धका कारण यो बंकरमा सारिएको थियो। समारोहमा दुलहीलाई घुम्टो ओढाइएको थियो। मिसाले भने, “परिस्थिति जस्तोसुकै होस्, नयाँ सुरुवात हुनुपर्छ। जीवन रोकिनु हुँदैन।”

सुरक्षाकर्मीहरूको संरक्षणमा गरिएको यो विवाहले युद्धबीच पनि जीवन अघि बढ्नुपर्ने सन्देश दिएको छ। अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण अहिले छैटौ दिनमा प्रवेश गरेको छ। बिहीबार पनि दुबै देशका सेनाले मिसाइल प्रहार जारी राखेका छन्। जवाफमा, इरानले इजरायल र अमेरिकी हवाई अड्डा रहेको खाडी देशहरूमा आक्रमण गरिरहेको छ।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी सहित शीर्ष नेतृत्वलाई निशाना बनाएका थिए। आक्रमणबाट अहिलेसम्म इरानमा १,०४५ भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ।