देशभर प्रतिनिधि सभा निर्वाचनमा दिउँसो १ बजे सम्म २४ प्रतिशत मत खस्यो

User Image Prime TV News ४ घण्टा अगाडि
Image of देशभर प्रतिनिधि सभा निर्वाचनमा दिउँसो १ बजे सम्म २४ प्रतिशत मत खस्यो

काठमाडौ । जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदान केन्द्रमा ४४ लाख ५५ हजार ७९० मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। यो कुल मतदाता संख्या अनुसार करिब २४ प्रतिशत हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार, सबैभन्दा बढी मतदान लुम्बिनी प्रदेशमा भएको छ। लुम्बिनी प्रदेशमा अहिलेसम्म ८ लाख ६८ हजार ३६९ मत खसेको छ। त्यसपछि कोसी प्रदेशमा ८ लाख २७ हजार २८७ मत खसेको र मधेस प्रदेशमा ७ लाख २० हजार ७५२ मत खसिसकेको छ।

बागमती प्रदेशमा अहिलेसम्म ४ लाख ७३ हजार ७७७ मत खसेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन अधिकारीहरूले मतदाता सुरक्षा र मतदान प्रक्रियालाई सहज बनाउन सबै मतदान केन्द्रमा कडाइका साथ व्यवस्थापन गरिएको जानकारी दिएका छन्। निर्वाचनको अन्तिम परिणाम र मतदान प्रतिशतबारे थप विवरण साँझपख उपलब्ध हुने अपेक्षा गरिएको छ।