डोल्पामा प्रतिनिधि सभा निर्वाचन: मतदानमा ५० प्रतिशत सहभागिता

User Image Prime TV News ३ घण्टा अगाडि
Image of डोल्पामा प्रतिनिधि सभा निर्वाचन: मतदानमा ५० प्रतिशत सहभागिता

डोल्पा । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा प्रतिनिधि सभा निर्वाचनको मतदानमा अहिलेसम्म कुल मतदाताको ५० प्रतिशतले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लामा एउटै निर्वाचन क्षेत्र रहेको छ र २४,११५ मतदातामध्ये करिब १२ हजार मत खसेको जनाइएको छ। पुरुष मतदाताको संख्या ११,९२८ र महिला मतदाताको संख्या १२,१८७ रहेको छ।  जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिए अनुसार केही मतदान केन्द्रमा मतदान ढिलो सुरु भए पनि मतदाताहरू उत्साहका साथ मतदानमा सहभागी भएका छन्।

डोल्पामा ७० वटा मतदान केन्द्र (२ अस्थायी सहित) कायम गरिएको छ र ४१४ जना कर्मचारी मतदान सञ्चालनमा खटिएका छन्। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।