काठमाडौं–नारायणगढ रुटमा साझा यातायातको नयाँ सेवा, भाडा ३०० रुपैयाँ
Prime TV News ११ महिना अगाडि 
काठमाडाै । दशैमा साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौंदेखि नारायणगढसम्म बस सेवा सञ्चालनमा ल्याएको छ।
ललितपुरको पुल्चोकबाट सुरु हुने यस सेवाको एकतर्फी भाडा मात्र ३०० रुपैयाँ तोकिएको छ, जुन अन्य सवारी साधनको तुलनामा झण्डै आधा सस्तो हो।
बसहरू पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँ बसपार्क हुँदै कलंकीबाट नारायणगढतर्फ प्रस्थान गर्नेछन्।
कलंकीबाट पहिलो बस बिहान ७ बजे छुट्नेछ भने त्यसपछि प्रत्येक एक घण्टाको अन्तरालमा क्रमशः ८, ९, १०, ११ र १२ बजे बसहरू नारायणगढ प्रस्थान गर्नेछन्।







