धादिङमा दिउँसोसम्म करिब ३२ प्रतिशत मत खस्यो

User Image Prime TV News एक घण्टा अगाडि
Image of धादिङमा दिउँसोसम्म करिब ३२ प्रतिशत मत खस्यो

धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ जिल्लामा मतदान प्रक्रिया बिहानदेखि सुरु भई दिउँसो २ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका मतदान केन्द्रहरूमा बिहानको समयमा मतदाता उपस्थिति कम देखिएको भए पनि दिउँसोतिर क्रमशः बढ्दै गएको छ। अहिलेसम्म प्राप्त तथ्यांक अनुसार कुल मतदाताको करिब एकतिहाइले मतदान गरिसकेका छन्।

मतदान केन्द्रमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको छ र अहिलेसम्म कुनै ठूलो अवाञ्छित घटना नघटेको प्रशासनले जनाएको छ। ग्रामीण क्षेत्रका केही मतदान केन्द्रमा मतदाताको चाप बढ्दै गएको छ भने शहरी क्षेत्रका केन्द्रमा पनि दिउँसोपछि मतदाता सहभागिता बढ्ने अनुमान गरिएको छ।

निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ र बाँकी समयमा मतदान दर अझ बढ्ने अपेक्षा गरिएको छ।