चार बजेसम्म ८८ लाख मत खस्यो, अधिकांश स्थानमा शान्तिपूर्ण मतदान

User Image Prime TV News एक घण्टा अगाडि
Image of चार बजेसम्म ८८ लाख मत खस्यो, अधिकांश स्थानमा शान्तिपूर्ण मतदान

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर दिउँसो ४ बजेसम्म करिब ८८ लाख मत खसेको छ।

निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी रहेको छ। देशभरका १० हजार ९६७ मतदान स्थलमध्ये अधिकांश स्थानमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा भइरहेको जनाएको छ।

निर्वाचनलाई सुरक्षित बनाउन करिब साढे तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताका अनुसार दोलखा जिल्ला बाहेक अन्य अधिकांश स्थानमा शान्तिपूर्वक मतदान भइरहेको छ।

आयोगका अनुसार मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। तर ५ बजेसम्म मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले त्यसपछि पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ।