खाडी क्षेत्रमा अमेरिकी तेल ट्यांकरमाथि आक्रमण गरेको इरानको दाबी

User Image Prime TV News ७ घण्टा अगाडि
Image of खाडी क्षेत्रमा अमेरिकी तेल ट्यांकरमाथि आक्रमण गरेको इरानको दाबी

काठमाडौ । इरानले खाडी क्षेत्रमा अमेरिकी ध्वजाबाहक एक तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले विज्ञप्ति जारी गर्दै उत्तरी फारस खाडीमा अमेरिकी ध्वजाबाहक तेल ट्यांकरलाई लक्षित गरी आक्रमण गरिएको जनाएको हो।

आईआरजीसीले युद्धको अवस्थाका बेला होर्मुज जलडमरूको नियन्त्रण इरानको अधिकारभित्र पर्ने उल्लेख गर्दै अमेरिकी, इजरायली, युरोपेली तथा उनीहरूका सहयोगी देशका जहाजहरूलाई त्यहाँ प्रवेश गर्न अनुमति नदिइने चेतावनी पनि दिएको छ।

यस घटनाले खाडी क्षेत्रमा तनाव अझ बढ्ने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। हालै सुरु भएको इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण हालसम्म करिब १ हजार ४५ जनाको मृत्यु भएको बताइएको छ।