प्रतिनिधिसभा निर्वाचन: अधिकांश स्थानमा मतदान सम्पन्न, केही केन्द्रमा बहिष्कार
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदानका निम्ति निर्धारित समय सकिएको छ ।
निर्वाचन आयोगले यस दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको थियो । बेलुका ५ बजेसम्म मतदान केन्द्रमा पुग्ने मतदाताले मात्र मतदान गर्न पाउने आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
दोलखाको तामाकोशी गाँउपालिका –४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै केन्द्रमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। तर केही स्थानमा मतदान बहिष्कारको घटना देखिएको छ। ओखलढुङ्गाको माने भञ्ज्याङ्ममा स्थानीयहरूले मतदान बहिष्कार गरेका छन्।
त्यस्तै, दाङ जिल्लाकव बवइ गाँउपालिका–७ स्थित देउती मावि (तल्लो मलई) र वडा नम्बर १ को जनता मावि मतदान केन्द्रमा मतदाताहरूले मतदान बहिष्कार गरेका छन्।












