झापा–५ मा ६५ प्रतिशत मतदान, सर्वदलीय बैठकपछि मतगणना तय हुने
Prime TV News ४ घण्टा अगाडि 
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ मा आजसम्म ६५ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन अधिकृत विधुर कार्कीका अनुसार उक्त निर्वाचन क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्। झापा–५ यस निर्वाचनको चुनावी केन्द्र बनेको उनले बताए। आजै सर्वदलीय बैठक बस्ने तयारी रहेको र बैठकपछि मात्रै मतगणनाको समय टुंगो लाग्ने जानकारी निर्वाचन अधिकृतले दिएका छन्।












