नेपालमा विदेशी मुद्राको विनिमयदर उच्च, डलर सर्वाधिक महँगो

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपालमा विदेशी मुद्राको विनिमयदर उच्च, डलर सर्वाधिक महँगो

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो पुगेको छ।

आज डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको मूल्य समेत बढेको छ ।

राष्ट्र बैंकका अनुसार आवश्यक परे विनिमयदरमा संशोधन हुनसक्छ। वाणिज्य बैंकले लागू गर्ने दर फरक पर्न सक्नेछ।