आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना


काठमाडाै । आज देशभरको मौसम आंशिकदेखि पूर्ण बदली रहने र विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सार्वजनिक गरेको दैनिक मौसम बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ ।
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशसहित अन्य पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा देशका पहाडी क्षेत्रहरूमा सामान्य बदली रही, अन्य भागमा आंशिक बदली रहने जनाइएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
मौसमविद्हरूले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै पहिरो, बाढी तथा सडक अवरुद्धजस्ता जोखिमका लागि सतर्कता अपनाउन आग्रह गरेका छन्