इम्बोस्ड नम्बर प्लेट विरुद्ध राजधानीमा प्रदर्शन

User Image Prime TV News एक महिना अगाडि
Image of इम्बोस्ड नम्बर प्लेट विरुद्ध राजधानीमा प्रदर्शन

काठमाडाै । देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन भएको छ ।

जाग नेपाली अभियानले काठमाडौंमा इम्बोस्ड नम्बर प्लेट विरुद्ध बुधबार प्रदर्शन गरेको हो । इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरुलाई नै प्रभावित पारिएको र अरबौं कमिशनको खेल भएको जाग नेपाली अभियानको भनाई छ ।

जाग नेपालीका संयोजक दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने काम गर्न खोजिएकाले विरोध जनाएको जानकारी दिए । इम्बोस्ड नम्बर प्लेट जडानका नाममा अरबौं भ्रष्टाचार भएको आरोप समेत आन्दोलनरत पक्षले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले  इम्बोस्ड नम्बर प्लेट खारेज गर, भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर, डेटा सुरक्षाको ग्यारेन्टी गर लगाएतका प्लेकार्ड देखाएका थिए ।