समुद्री आँधी रागासाुका कारण ताइवान र दक्षिण चीनमा ठूलो क्षति

User Image Prime TV News १ हप्ता अगाडि
Image of समुद्री आँधी रागासाुका कारण ताइवान र दक्षिण चीनमा ठूलो क्षति

काठमाडाै । शक्तिशाली समुद्री आँधी रागासाुका कारण ताइवानमा मुसलधारे वर्षा र बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।ताइवानको हुवालियन काउन्टीस्थित गुआङ्फु सहरमा पहिरोपछि बनेको ताल फुट्दा आएको बाढीमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १२४ जना बेपत्ता छन्। १८ जना घाइते भएका छन्।

रागासा सोमबारदेखि ताइवान हुँदै दक्षिण चीन सागरतर्फ अघि बढिरहेको छ। आँधीका कारण हङकङ र दक्षिण चीनका विभिन्न सहरहरूमा विद्यालय तथा व्यवसाय बन्द गरिएको छ। हङकङमा सबैभन्दा उच्च सतर्कताटी१०जारी गरिएको छ। समुद्री सतहमा ५ मिटरसम्म छाल उठेको छ।

चीनको शेन्जेनमा ४ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण यस्ता आँधीहरू अझ शक्तिशाली बन्दै गएका छन्