मन्त्री महावीर पुनको आग्रह: केही दिन अनावश्यक फोन र सन्देश नगर्नुहोस्

User Image Prime TV News ११ महिना अगाडि
Image of मन्त्री महावीर पुनको आग्रह: केही दिन अनावश्यक फोन र सन्देश नगर्नुहोस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिनका लागि आफूलाई अनावश्यक फोन र सन्देश नगर्न सार्वजनिक अनुरोध गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै मन्त्री पुनले अहिले मन्त्रालयमा गतिशील र सिर्जनशील कार्यदल निर्माणमा व्यस्त रहेको जानकारी दिएका छन्।

अस्तिदेखि मोबाइल, मेसेन्जर र ह्वाट्सएपमा हजारौँ फोन र सन्देशहरू आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनका लागि अनावश्यक रूपमा सम्पर्क नगर्न अनुरोध गर्दछु, मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्।

असोज ६ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा पदभार सम्हालेका पुनले त्यही दिनदेखि विज्ञान तथा प्रविधिका प्रमुख चार क्षेत्रमा सल्लाहकार समिति गठन गर्ने निर्णय पनि गरेका छन्।

मन्त्रालयमा कार्यसम्पादन प्रभावकारी बनाउन पुनले आफ्नो बसोबास समेत मन्त्रालयमै सारेका छन्।