वर्तमान सरकारका मन्त्रीहरू निजी निवासमा बस्न बाध्य

User Image Prime TV News १ हप्ता अगाडि
Image of वर्तमान सरकारका मन्त्रीहरू निजी निवासमा  बस्न बाध्य

काठमाडौ । भैंसेपाटीस्थित नयाँ मन्त्री निवास जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण प्रयोग गर्न अयोग्य बनेपछि वर्तमान सरकारका अधिकांश मन्त्रीहरू निजी निवासमा बस्न बाध्य भएका छन्।

मन्त्रीहरूका लागि निर्माण गरिएको २७ ब्लकमध्ये २६ वटा पूर्ण रूपमा प्रयोगविहीन अवस्थामा पुगेका छन्। यस असहज परिस्थितिका कारण सरकारका धेरैजसो मन्त्रीहरू काठमाडौं उपत्यकाभित्र आफ्नै घरमा बस्न थालेका छन्।

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासमन्त्री कुलमान घिसिङ काठमाडौंको महांकालमा, गृहमन्त्री ओमप्रकाश अर्याल ललितपुरको सानेपामा, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा नारायणहिटी नजिक, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार कलंकी स्युचाटारमा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल इमाडोलमा र अर्थमन्त्री रामेश्वर खनाल भक्तपुरस्थित आफ्नै घरमा बसिरहेका छन्।

शिक्षा मन्त्री महावीर पुनलाई भने मन्त्रालय भित्र नै वसोवासको प्रवन्ध गरिएको छ ।

प्रधानमन्त्री सुशिला कार्की भने शपथलगत्तै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सरेकी छिन्।