नेप्से परिसूचकमा तीव्र वृद्धि भएपछि आज दोस्रो पटक सर्किट ब्रेकर

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से परिसूचकमा तीव्र वृद्धि भएपछि आज दोस्रो पटक सर्किट ब्रेकर

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र वृद्धि भएपछि आज दोस्रो पटक सर्किट ब्रेकर लाग्दै शेयर कारोबार पुनः केही समयका लागि रोकिएको छ।

बजार पुनः खुलेपछि नेप्से परिसूचक ५ प्रतिशतले बढेर २,८४८.२२ विन्दु पुगेपछि सर्किट ब्रेकर लाग्दै कारोबार स्थगित गरिएको हो। नेप्से नियमअनुसार ५ प्रतिशतको वृद्धिमा ४० मिनेटका लागि कारोबार रोक्ने व्यवस्था रहेको छ।

यसअनुसार रोकिएको शेयर कारोबार १२:०१ बजेबाट पुनः सञ्चालन हुने नेप्सेले जनाएको छ। हालसम्म बजारमा २३९ कम्पनीको शेयर मूल्य बढेको, १ कम्पनीको घटेको र कुनै पनि कम्पनीको मूल्य स्थिर नरहेको देखिएको छ।

त्यस्तै, बजार रोकिँदासम्म करिब २८ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ भने ५ लाख ३५ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको तथ्यांकले देखाएको छ।