संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेक्रममा ट्रम्पलाई अनावश्यक झन्झट


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेक्रममा अनावश्यक झन्झट बेहोर्नु परेको छ । भाषण दिन हलतर्फ जाँदै गर्दा एस्केलेटर अचानक रोकिएपछि उनी सिँढी चढेर हलभित्र पुगेका थिए ।
त्यतिमात्र होइन उनले भाषण सुरू गर्दा टेलिप्रम्प्टर पनि बिग्रियो। यसमा ट्रम्पले हल्का मजाक गर्दै टेलिप्रम्प्टर बिग्रिएर मनैदेखि बोल्ने मौका प्राप्त भएको भन्दै व्यंग्य गरे । प्रम्पटल चलाउने बरु संकटमा पर्ने उनले चेतावनी दिए । टेलिप्रम्प्टर संयुक्त राष्ट्रले नभई ह्वाइट हाउसको टोलीले सञ्चालन गरिरहेको थियो।
रुसका कूटनीतिज्ञहरूले ट्रम्पको भाषण मोबाइलमा रेकर्ड गरिरहेका थिए । भाषणमा ट्रम्पले अमेरिकी फन्डिङमा कटौती र चीनबाट समयमा रकम नपाउँदा संयुक्त राष्ट्रको आर्थिक अवस्था बिग्रिएको बताएका थिए ।
ट्रम्पले आफ्नो भाषण निकै सफल भएको जिकिर गरे । आफ्नोफ भाषण मानिसहरूले मन पराएको उनको भनाइ थियो । राष्ट्रसंघ महासभामा नेताहरूलाई १५ मिनेटको समय सीमा दिइन्छ, तर ट्रम्पले ५६ मिनेट बोल्दै परम्परा तोडे।
यो कुनै पनि अमेरिकी राष्ट्रपतिबाट दिइएको सबैभन्दा लामो भाषण हो। ट्रम्पले आफ्नो भाषणमा फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध रोकेको दाबी गरे।