इरानले तेल आपूर्ति रोक्न खोज्यो भने अमेरिकाले २० गुणा बढी बल प्रयोग गर्छः ट्रम्प
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिका-इजरायलले ११ दिन (फेब्रुअरी २८) देखि इरानमा हवाई आक्रमण जारी राखेका छन्।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति इरानमा अझ ठुलो शक्तिका साथ हमला गरिने धम्की दिएका छन्। उनले भनेका छन्, ‘यदि इरानले हर्मुज स्ट्रेटमा तेल आपूर्ति रोक्न खोज्यो भने अमेरिकाले २० गुणा बढी बल प्रयोग गरेर आक्रमण गर्नेछ। यो युद्ध शत्रु पूर्ण रूपमा नष्ट नभएसम्म जारी रहनेछ।’
यस क्रममा ट्रम्पले अमेरिका र इजरायल मिलेर अहिलेसम्म इरानमा ५ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको पनि बताएका छन्। उनले भनेका छन्, ‘केही महत्त्वपूर्ण लक्ष्यलाई जानाजानी छाडिएको छ ताकि आवश्यक परेमा पछि कारबाही गर्न सकियोस्।’
फ्लोरिडाको डोरालमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिका र इजरायलले जारी युद्धमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। उनले यसो पनि भने, ‘लडाइँ चाँडै समाप्त हुन सक्छ, तर अहिलेका लागि सैन्य कारबाही जारी रहनेछ।’







