नेपाली बजारमा सुन–चाँदीको मूल्य ऐतिहासिक उचाइमा

User Image Prime TV News ११ महिना अगाडि
Image of नेपाली बजारमा सुन–चाँदीको मूल्य ऐतिहासिक उचाइमा

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १,३०० रुपैयाँले वृद्धि भई २ लाख २३ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

यसअघि मंगलबार पनि सुनको मूल्यमा ३,९०० रुपैयाँले वृद्धि भएर प्रति तोला २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको थियो। लगातार दुई दिनमा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि बुधबार नयाँ रेकर्डमा पुगेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भई २,७०० रुपैयाँ पुगेको हो। मंगलबार चाँदीको मूल्य २,६८० रुपैयाँ प्रतितोला थियो।

सुन र चाँदी दुवैको मूल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, डलर विनिमय दरमा आएको परिवर्तन, र विश्वव्यापी आर्थिक तथा राजनीतिक अस्थिरता हुनसक्ने विश्लेषण गरिएको छ।