राप्रपाले रास्वपालाई दियो भविष्यमा जिम्मेवारीपूर्वक काम गर्ने सुझाव
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी दिनमा देशले पछुतो नगर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिएको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै भनेका छन् कि रास्वपाले हालै सम्पन्न निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको छ।
उनले लेखेका छन्, “निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता दिलाएको छ। यो अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पछुतो गर्न नपरोस्, त्यो पछुतो देशले सहन सक्ने छैन। रास्वपालाई बधाई, रबीजीलाई बधाई, बालेनजीलाई बधाई।”







