भुटानी प्रधानमन्त्री तोब्गेले दिए रबि र बालेनलाई बधाई

User Image Prime TV News एक महिना अगाडि
Image of भुटानी प्रधानमन्त्री तोब्गेले दिए रबि र बालेनलाई बधाई

काठमाडौ । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले हालै सम्पन्न २१ फागुनको आम निर्वाचनमा भारी मत प्राप्त गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।

प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत प्रकाशित शुभकामना सन्देशमा नेपाली जनतालाई पनि सफल निर्वाचन सम्पन्न गर्न योगदान दिएकोमा धन्यवाद दिएका छन्। उनले लेखेका छन्, “नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ। म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु।”

सन्देशमा प्रधानमन्त्री तोब्गेले दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन आफ्नो सरकार तत्पर रहेको पनि स्पष्ट पारेका छन्। “हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु,” उनले लेखेका छन् ।