पूर्व अर्थमन्त्री खनालले कूटनीतिक राहदानी फिर्ता गरे
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन सकिएसँगै पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयमा फिर्ता गरेका छन्।
खनालले मंगलबार अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई जिम्मा दिँदै कूटनीतिक राहदानी बुझाएका हुन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् कि अर्थमन्त्रीको हैसियतमा पाएको राहदानी अब प्रयोगको आवश्यक नभएपछि फिर्ता गरिएको हो।
पत्रमा खनालले उल्लेख गरेका छन्, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं. डीए ०००२७१० को प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु।”
चुनावी सरकारमा अर्थमन्त्री बनेपछि उनले कूटनीतिक राहदानी पाएका थिए। नयाँ सरकार गठनसँगै उनले यस औपचारिक प्रक्रिया पूरा गरेका हुन्।







