एमाले उम्मेदवार ज्ञवालीले सार्वजनिक गरे चुनावी खर्च, २६ लाख वढी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
ज्ञवालीले जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा खर्च विवरण पेश गरेका हुन्। उनका अनुसार कुल २६ लाख ७५ हजार ३३० रुपैयाँ चुनावी प्रचारप्रसार र व्यवस्थापनमा खर्च भएको छ।
सबैभन्दा बढी खर्च खाना र आवासमा भएको छ, जसको रकम ८ लाख ५० हजार रुपैयाँ हो। त्यसपछि सम्पर्क कार्यालय स्थापना ५ लाख ८० हजार, स्टेसनरी तथा प्रचार सामग्री छपाइ ४ लाख ५० हजार, विज्ञापन तथा सञ्चार १ लाख ७५ हजार ३३० र यातायात १ लाख रुपैयाँ खर्च भएको छ।
निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि निश्चित समयभित्र आफ्नो खर्च विवरण बुझाउनु अनिवार्य छ। ज्ञवालीले यही प्रावधान अनुसार खर्च विवरण पेश गरेका हुन्। ज्ञवाली गुल्मी क्षेत्र नम्बर-१ बाट एमालेको तर्फबाट उम्मेदवार बनेका थिए।







