सोमबारको उछाल टिकेन, नेप्से ३२ अंकले घट्यो

User Image Prime TV News एक महिना अगाडि
Image of सोमबारको उछाल टिकेन, नेप्से ३२ अंकले घट्यो

काठमाडौ । सोमबार उच्च उछाल देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार भने गिरावटसँगै बन्द भएको छ। अघिल्लो दिन लगातार तीन पटक सकारात्मक सर्किट लागेको शेयर बजार मंगलबार ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा झरेको हो।

नेप्सेका अनुसार मंगलबार कुल २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारका क्रममा ७५ कम्पनीको शेयरमूल्य बढ्दा १७८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

आजका कारोबारमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक र थ्रीस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। यी तीनै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यता हिमस्टार ऊर्जा कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी घाटा व्यहोरेका छन्। उक्त कम्पनीको शेयरमूल्य ६.३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ। कारोबार रकमका आधारमा भने ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको १ अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।