गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत चाङ माओमिङको भेट, द्विपक्षीय सहयोगमा छलफल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । ओमप्रकाश अर्यालसँग चाङ माओमिङले गृहमन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा दुबै पक्षबीच नेपाल–चीन सम्बन्ध र आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको गृहमन्त्रालयले जनाएको छ। गृहमन्त्री अर्यालले राजदूतको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध अझ उच्चस्तरमा पुग्ने विश्वास व्यक्त गरे।
अर्यालले चीनले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्याएको योगदानप्रति कृतज्ञता प्रकट गर्दै भविष्यमा पनि सहयोग जारी रहने अपेक्षा व्यक्त गरेका छन्। साथै, उनले दूरसञ्चार र साइबर अपराध नियन्त्रण जस्ता क्षेत्रमा सहयोग आवश्यक रहेको बताए।
चिनियाँ राजदूत चाङ माओमिङले नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् र दुबै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।







