एमाले उपाध्यक्ष पौडेलले चुनावी खर्च सार्वजनिक गरे, इन्धनमा सबैभन्दा बढी खर्च

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले उपाध्यक्ष पौडेलले चुनावी खर्च सार्वजनिक गरे, इन्धनमा सबैभन्दा बढी खर्च

काठमाडौ । विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

निर्वाचन आयोगलाई बुझाएको विवरण अनुसार पौडेलले कुल २८ लाख ७ हजार १०० रुपैयाँ खर्च गरेको बताएका छन्। सबैभन्दा बढी रकम इन्धनमा ८ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ। उनीसँगै चुनप्रसाद शर्मा र बासुदेव घिमिरेले पनि आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन्।

तीनै उम्मेदवार पराजित भएका छन्। त्यसमध्ये बासुदेव घिमिरेको जमानत जफत भएको जानकारी आयोगले दिएको छ।